उहाँ आफैँ साहसिक योद्धा हुनुहुन्थ्योः बिना मगर

Prabhu Bank

काठमाडौँ । खानेपानी मन्त्री बिना मगरले आफ्ना स्वर्गीय पति प्रकाश दाहाल सहासिक योद्धा भएको बताएकी छिन्। प्रकाश दाहालको ३८ औँ जन्मजयन्तीको सन्दर्भमा मंगलबार आयोजित प्रकाश दाहाल साहसिक सगरमाथा सम्मान कार्यक्रममा उनले आफ्ना पति प्रकाश सहासिक योद्धा र सफल आरोही भएको बताएकी हुन्।

Saftey Pads

सगरमाथा आरोह गर्दाको अनुभव बाड्दै उनले भनिन्,‘शेर्पाको झोलामा हाम्रो प्राण थियो। उनीहरुको अक्सिजनले हामीलाई बचाएको थियो । बेलाबेलामा धेरै नै कठिन भएपछि मैले उहाँ (प्रकाश) लाई भन्ने गर्थेँ अब फर्कौँ । तर उहाँले हामी सफल हुनेछौँ अघि बढौँ भन्नुभयो ।’

मृत्युलाई पन्छाएर अघि बढ्दा सगरमाथा आरोहण सफल भएको उनको भनाई थियो । उक्त कार्यक्रममा सगरमाथा आरोहण सफल बनाएका र त्यसमा सहयोग गर्नेहरुलाई सम्मान गरिएको थियो। यस्तै एक जना क्यान्सर पीडितको परिवारलाई एक लाख नगद प्रदान गरिएको थियो।

अन्य सम्बन्धित समाचार:  बर्दियामा बाघको आक्रमणबाट दुई जनाको मृत्यु
Maruti Cement