साझा यातायातलाई २० वटा बस प्राप्त

Prabhu Bank

काठमाडौं । साझा यातायातलाई २० वटा बस प्राप्त गरेको छ । राजधानीमा मंगलबार आयोजित एक कार्यक्रम मार्फत वातावरणमैत्री मापदण्डमा रहेका ती बसहरु आइएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेलैण्डले हस्तान्तरण गरेका हुन् ।

Saftey Pads

हस्तान्तरण गरिएका बसहरुमा धेरै अद्वितीय विशेषताहरु रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । अशोक लेलैण्डले ‘ल्यानेक्स स्मार्ट’ सहरी बस साझा यातायातलाई हस्तान्तरण गरेको छ । यी बस हस्तान्तरणसँगै कम्पनीले नेपालमा बस बिक्री वितरणको सुरुवात गरेको छ।

कम्पनीका अनुसार यी बसले अनिवार्य मापदण्डका अतिरिक्त सुरक्षा प्रदान गर्दछ। इन्जिनमा एक समकालीन –४ सिलिण्डर सिआरएस डीजल क्षमता छ। जसमा इजिआर टेक्नोलोजीसंग टर्बो चार्ज गरिएको इन्टरकुलर पाईन्छ। यसमा अधिकतम ९ सय मिमी फ्लोरको उचाइ, १३० एचपीको अधिकतम शक्ति, सेमी इलिप्टिकल मल्टिलिफ साथै शक अब्जर्बर (अगाडी र पछि), ११५ लिटर ईन्धन टैंक क्षमता रहेको छ।

अन्य सम्बन्धित समाचार:  नेकपाका प्रवक्ता श्रेष्ठले भने, प्रधानमन्त्री ओलीको गोयलसितको भेट कूटनीतिक मर्यादाविपरीत

ऐतिहासिक रुपमा, अशोक लेलैण्डले नयाँ यात्री मैत्री बस समाधानको सफलतापूर्वक वितरण गरिरहेको कम्पनीको भनाइ छ। गाडी यात्री अनुकूल हुनुका साथै चालकमैत्री र पैदल यात्रीको सुरक्षालाई ध्यानमा राखि डिजाइन गरिएको कम्पनीको दाबी छ।

Maruti Cement