नेकपा र काँग्रेसबाट देशले अग्रगमन हाँसिल गर्न सक्दैनः डा भट्टराई

Prabhu Bank

काठमाण्डौ । समाजवादी पार्टी नेपालका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट देशले अग्रगमन हाँसिल गर्न नसक्ने बताएका छन् । सोमबार तत्कालीन संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालको गण्डकी प्रदेश समिति समायोजन घोषणा कार्यक्रममा बोल्दै नेता भट्टराईले यस्तो बताएका हुन् ।
आफूहरुको पार्टी एकता एकताबद्ध मात्र नभई रुपान्तरण सहितको एकता भएको उनले दाबी गरे ।

Saftey Pads

लोकतन्त्र, प्रगति, अग्रगमन, समाजवाद, संघीयता, समावेशिता, धर्म्निरपेक्षता लगायतका मान्यतामा प्रतिबद्ध सम्पूर्ण जनतालाई सङ्गठित गरेर देशलाई आगामी ५० वर्षमा नेतृत्व गरिे विश्व सामु नेपाललाई समुन्नत संघीय समाजवादी दिशामा लिएर जान सक्ने शक्तिको आवश्यकता रहेको उनले औंँल्याए ।

अन्य सम्बन्धित समाचार:  गुल्मीमा जुवा खेल्दै गरेका वडाध्यक्षसहित १२ पक्राउ

कांग्रेस र नेकपाभित्र पिल्सिएर रहेका उत्पिडित समुदाय र वर्गलाई समेत समावेश गरी देशको प्रमुख शक्तिको रुपमा स्थापित गर्ने आफूँहरुको लक्ष रहेको उनले बताए । सुरुआतको बेलादेखि नै पुराना शक्तिको विकासको विरुद्ध भ्रम फैलाउँदै आएको उनले सुनाए ।

पु्राना शक्तिहरुले वडा वडामा आफूहरुको एकताको विरुद्धमा दुष्प्रचार गरेको भन्दै उनले आक्रोश पोखे । पिता पुर्खाले संघर्ष गरेर निर्माण गरेको सार्वभौम सत्ता सम्पन्न हिमाल, पहाड र मधेश नमिल्नुको कुनै तुक नरहेको उनले प्रस्ट्याए । आफूहरुको पार्टी सच्चा राष्ट्रिय पार्टी भएको समेत उनले दाबी गरे ।

Maruti Cement