आफैं घर बनाउने भूकम्पपीडितलाई एकमुष्ट ३ लाख दिने

Prabhu Bank

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आफैं घर बनाउने भूकम्पपीडितलाई एकमुष्ट ३ लाख रुपैयाँ दिने निर्णय गरेको छ। प्राधिकरण कार्यकारी समितिको मंगलबार बसेको बैठकले प्राविधिक खटिनुपूर्व नै बनेका घरलाई निजी आवास पुनर्निर्माण अनुदान रकम उपलब्ध गराउनेसम्बन्धी कार्य्विधि पारित गरेको हो ।

Saftey Pads

प्राधिकरणको यो निर्णयसँगै भूकम्पपीडित लाभग्राही सूचीमा नाम भएका तर पहिले नै घर बनाएका पीडितलाई सरकारले दिने अनुदान दिने कि नदिने भन्ने अन्योलको अन्त्य भएको छ । अब प्राविधिक खटिनुपूर्व नै बनेका निजी आवासलाई तीन लाख रुपैयाँ अनुदान उपलब्ध गराउने बाटो खुल्ला भएको हो। अनुदान प्राप्त गर्न प्राधिकरणले प्राविधिक परिचालन गर्नुपूर्व नै घर पुनर्निर्माण भएको र लाभग्राही बसिरहेको भनी स्थानीय तहबाट प्रमाणित हुनुपर्नेछ।

अन्य सम्बन्धित समाचार:  अमेरिकी राष्ट्रपति ट्रम्पमाथि लागेको बलात्कार मुद्दा अघि बढ्ने

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्राविधिक परिचालन गर्नुपूर्व पुनर्निर्माण गरिएका घरका घरधनीलाई एकमुष्ट रकम उपलब्ध गराउने कार्य केही ढिला भएको देखिएकाले उक्त कार्यलाई प्राथमिकताका साथ अघि बढाउन कार्य्विधि बनाएको बताए।

प्राधिकरणका अनुसार अहिलेसम्म ४ लाख ७४ हजार लाभग्राहीले तेस्रो किस्ता लिइसकेका छन्। ४ लाख २३ हजार घर पुनर्निर्माण सम्पन्न भइसकेका छन्। २ लाख ११ हजार घर पुनर्निर्माणको क्रममा छन्। प्राविधिक खटिनपूर्व भने करीव १२ हजार घर बनेको प्राधिकरणले उल्लेख गरेको छ। बैठकले एक कोठे घर पुनर्निर्माणसम्बन्धी मापदण्डमा समेत स्पष्ट व्याख्या गरेको छ।

Maruti Cement