सरकारलाई पाँच वर्षे कार्यकाल पूरा गर्न दिनुपर्छः कांग्रेस नेता खड्का

Prabhu Bank

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता तथा पूर्व मन्त्री दिपक खड्काले तत्काल प्रधानमन्त्री वा मन्त्रीहरु परिवर्तन गर्नुपर्ने आवश्यक नरहेको स्पष्ट पारेका छन् । खड्काले वर्तमान सरकारसँग पाँच वर्षको स्पष्ट म्याण्डेट भएकोले हेलचेक्रयाँई गर्न नहुने धारणा राखे ।

Saftey Pads

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता खड्काले अहिले मन्त्रीहरु किन परिवर्तन गर्नुपर्यो ? भन्दै प्रश्नसमेत गरे । यद्धपी सरकारले प्राप्त गरेको म्याण्डेअनुसार काम गर्न नसकेको उनको आरोप छ ।

सरकारको दम्भको कारण संखुवासभामा हिजोमात्रै गोली चलेको घट्ना सुनाउँदै के मुलुकमा द्वन्द्व निम्त्याउन खोजेको हो त ? भनेर प्रश्न गरे । विकास खर्चको बारेमा पनि सरकार चुकिरहेको र असारमात्रै खर्च गर्ने प्रवृत्ति दोहोरिएको उनको आरोप छ ।

अन्य सम्बन्धित समाचार:  शुक्रबारदेखि बडादसैँ समापन हुँदै

वर्तमान सरकार सफल हुन नसकेको भएपनि काम गर्नको लागि अझै समय रहेको उनको भनाई छ । सरकारले विकास तथा समृद्धिको लागि सबै पक्षसँग छलफल तथा सहकार्य गर्नुपर्ने उनको भनाई छ । उनले वर्तमान सरकार धेरै ठाउँमा चुकेको पनि खड्काले आरोप लगाए ।

Maruti Cement