अमेरिकी राष्ट्रपति ट्रम्प संलग्न कार्टून बनाएका कार्टूनिस्टको जागिर गयो…

Prabhu Bank

काठमाडौं

Saftey Pads

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प संलग्न कार्टून बनाएका कारण एक कार्टूनिस्टको जागिर नै गएको छ ।

क्यानाडाका कार्टूनिस्ट माइकल डि अडेरले आफैले बनाएको एक कार्टूनका कारण जागरिबाट हात धुनु परेको हो ।

अडेरलाई न्यू ब्रन्सविकको एक प्रकाशन कम्पनीले कार्टून बनाएकै कारण जागिरबाट निकालेको हो । उनले निकै संवेदनशील कार्टून बनाएका छन् । उनको कार्टूनमा गत साता रियो ग्रान्ड नदीमा डुबेका अल्बर्टो मार्टिनेज रामिरेज र उनकी २३ महिनाकी छोरीको मृत्यु भएको घटनालाई अमेरीकी राष्ट्रपति ट्रम्पसँग जोडेर बनाइएको छ ।

कार्टूनमा ट्रम्पले दुई आप्रवासी डुबेको तस्वीर नजिक उभिएर गल्फ खेल्ने संकेत देखाएको बनाइएको छ । ‘यदि मैले खेले भने के तिमीलाई दुःख लाग्नेछ?’ भन्ने आशय कार्टूनमा लेखिएको छ ।

अन्य सम्बन्धित समाचार:  खोटाङ जिप दुर्घटनामा तीनको मृत्यु

कार्टूनमा ट्रम्पलाई गल्फ कोर्टमा समेत देखाइएको छ । नजिकै एक बाबु र बच्चाको शव छ ।

Maruti Cement