आफन्तबाटै मारिए ४ वर्षमा ६८४

Prabhu Bank

काठमाडौं

Saftey Pads

 आर्थिक वर्ष ०७२/७३ देखि पछिल्ला चार वर्षमा आफन्तबाटै ६८४ जनाको हत्या भएको छ ।

नेपाल प्रहरीले तयार पारेको एक तथ्याङ्कले आर्थिक वर्ष ०७२/७३ देखि ०७५/७६ सम्मका चार वर्षमा आफन्तबाटै परिवारका सदस्यदेखि आफ्ना निकटका मानिससम्मको गरी ६८४ जनाको हत्या भएको देखाएको खबर आजको राजधानी दैनिकमा छ ।

जसअनुसार श्रीमानले श्रीमतीदेखि श्रीमतीले श्रीमान र बाबुआमाले छोराछोरीदेखि छोराछोरी तथा छोराबुहारीले आमाबाबु तथा सासूससुराका हत्या गरेका छन् । तथ्याङ्कअनुसार पछिल्ला चार वर्षमा श्रीमानबाट २७५ जना श्रीमतीको हत्या भएको छ ।

यस्तै यसबीचमा श्रीमतीबाट ५८ जना श्रीमान मारिएका छन् । यसैगरी बाबुआमाले मिलेर १५ जना सन्तानको हत्या गरेका छन् भने छोराले मात्रै विगत चार वर्षकोबीचमा ५३ जना आमाबाबुको हत्या गरेको प्रहरीको तथ्याङ्कले देखाउँछ । 

यस्तै, छोराबुहारी मिलेर विगत चार वर्षका बीचमा ११ जना आमाबाबुको हत्या गरेको, छोरीले एक जनाको हत्या गरेको, आमाले ६२ जना नवजात शिशुको हत्या गरेको, यस्तै, आमाले २४ जना वयस्क छोराछोरीको हत्या गरेको प्रहरीको विगत चार वर्षको तथ्याङ्कले देखाउँछ ।

यसैगरी, सौतेनी आमा र बाबुले विगत चार वर्षमा चार जना सन्तानको हत्या गरेको, आफन्तले तीन जना ज्वाइँ जेठानको हत्या गरेको, बाबुले एक्लै २२ जना छोराछोरीको हत्या गरेको तथा अन्य घरपरिवारका सदस्य अन्तर्गत ५१ जनाको हत्या भएको प्रहरीको तथ्याङ्कले देखाएको छ ।

यस्तै, विगत चार वर्षमा मामाबाट चार जना भान्जाभान्जीको, भान्जाले तीन जना मामाको, काकाकाकीले ६ जना भतिजाभतिजीको, दाजुले २५ जना भाइबहिनीको, भाइबाट पाँच जना दाजु, दिदी र बहिनीको तथा बहिनीबाट एक जना दाजुको हत्या भएको प्रहरीको तथ्याङ्कले देखाएको छ ।

प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका एसपी रमेश थापाले कुनै एउटा कारण नभई विभिन्न कारणले आफन्तबाटै आफन्तको हत्या हुने गरेको पाइएको बताए ।

 

अन्य सम्बन्धित समाचार:  चन्द्रमाको सतहमा भेटियो पानी
Maruti Cement