लिवियामा हवाई आक्रमण, ४० आप्रवासीको मृत्यु

Prabhu Bank

काठमाडौं । लिवियाको आप्रवासी हिरासत केन्द्रमा हवाई आक्रमण हुँदा कम्तीमा ४० जनाको ज्यान गएको छ । राजधानी त्रिपोलीको पूर्वक्षेत्रको आप्रवासी हिरासत केन्द्रमा आक्रमण भएको हो । मारिनेमा अधिकांश अफ्रिकन आप्रवासी छन् ।
बीबीसीका अनुसार, हवाई आक्रमणमा परी ८० जना घाइते भएका छन् ।

Saftey Pads

घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या थप बढ्ने अनुमान गरिएको छ । लिवियाको आपतकालीन सेवा केन्द्रका प्रवक्ता ओसामा अलीले एएफपीलाई बताएअनुसार हिरासत केन्द्रमा १२० जना आप्रवासी थिए ।

अहिलेसम्म आक्रमण कसले र्गयो भन्ने खुलेको छैन । तर, संयुक्त राष्ट्रसंघको समर्थनप्राप्त सरकारका प्रधानमन्त्री फयज अल सेरराले घटनामा लिवियन नेशनल आर्मीको संलग्नता रहेको दाबी गरेका छन् । लिवियन नेशनल आर्मी आफ्नै देशको समर्थन प्राप्त सरकार हुनपर्ने माग उसको छ । यही माग राखेर यो संगठन संघर्षरत छ ।

अन्य सम्बन्धित समाचार:  अमेरिकी चुनावः नयाँ जनमत सर्वेक्षणमा बाइडेनलाई अग्रता

बीबीसीका अनुसार, आप्रवासीका लागि लिविया हुँदै युरोप प्रवेश सहज छ । त्यसैले पछिल्लो समय अफ्रिकाका आप्रवासीहरु लिवियाको बाटो भएर युरोप छिर्छन् । निरंकुश शासक भएको आरोप त्यहाँका शासक मुअमर गद्दाफीमाथि लागे पनि उनको शासनकालमा लिविया अहिलेजस्तो कमजोर थिएन ।

सन् २०११ मा उनी मारिएपछि लिविया हिंसा र विभाजनको चक्रव्यूमा फसेको छ । आन्तरिक कारणले कमजोर लिवियाको फाइदा उठाउँदै पछिल्लो समय अफ्रिकन आप्रवासीले युरोप प्रवेशको गन्तव्यका रुपमा यसलाई उपयोग गर्दै आएका छन् ।

Maruti Cement