अछाममा बस दुर्घटना, १५ यात्रु घाइते, ४ को अवस्था गम्भीर

Prabhu Bank

काठमाण्डौ । अछाममा बस दुर्घटना हँुदा १५ यात्रु घाइते भएका छन् । साँफेबगर नगरपालिका वडा नम्बर २ को झकालेमा बुधवार महेन्द्रनगरबाट बाजुराका लागि छुटेको पवनदूतको ना७ख २५६४ नम्बरको बस सडकबाट २५ मिटर तल खसेको हो ।

Saftey Pads

घाइते ४ जनाको अवस्था गम्भीर रहेको अछामका प्रहरी प्रमुख जनकबहादुर शाहीले जानकारी दिएका छन् ।

दुर्घटनामा घाइतेको उद्धार गरेर बयालपाटा अस्पतालमा उपचार शुरु गरेको शाहीले बताए ।बस विपरीत दिशाबाट आइरहेको अर्को सवारीसाधनलाई साइड दिने क्रममा सडक भासिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

अन्य सम्बन्धित समाचार:  बैतडीः गाउँपालिकाका अध्यक्षमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ
Maruti Cement