जलवायु परिर्वतन सम्बन्धी छुट्टै कानुन बनाउन सर्वोच्चको आदेश

Prabhu Bank

काठमाडौं । सर्वोच्च अदालतले जलवायु परिर्वतन जलवायु परिर्वतन सम्बन्धी छुट्टै कानुन बनाउन आदेश जारी गरेको छ । जलवायु परिर्वतन सँग लड्नका लागि ७ विषयमा अलगअलग कानुन निर्माण गर्न सरकारको नाममा परमादेश आदेश जारी गरेको हो।

Saftey Pads

२०७५ पुस १० गते अधिवक्ता पदमबहादुर श्रेष्ठले हालेको मुद्दामा फैसला गर्दै सर्वोच्चले यस्तो निर्देशन सरकारको नाममा दिएको हो। उक्त फैसलाको पूर्णपाठ हाल मात्र तयार भएको हो। फैसलाको पूर्णपाठ सार्वजनिक भएपछि यसको कार्यान्वयन सरकारले थालनी गर्नुपर्ने भएको छ।

प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश तेजबहादुर केसीको इजलासले एकीकृत कानुन बनाउन भनेको हो। जलवायु परिवर्तनबाट परेका र पर्न जाने प्रभावलाई न्यूनीकरण गर्न केही कार्ययोजनाको व्यवस्था गरेको नदेखिएको सर्वोच्चको पूर्णपाठमा उल्लेख छ।

अन्य सम्बन्धित समाचार:  राष्ट्रपति भण्डारीले गुरु र आमाको हातबाट लगाइन् दसैँको टीका
Maruti Cement