घुससहित सबइन्जिनियर अख्तियारको नियन्त्रणमा

Prabhu Bank

काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षा विकास समन्वय एकाइ धुलिखेलमा कार्यरत सबइन्जिनियरलाई पक्राउ गरेको छ। सबइन्जिनियर धनवीर भगतलाई डेढ लाख रुपैयाँ घुस लिएको अवस्थामा पक्राउ गरिएको हो ।

Saftey Pads

घुस नदिई विद्यालय भवन निर्माणको कार्यसम्पादन प्रमाणपत्र दिन इन्कार गरेको उजुरी परेपछि अख्तियारले टोली परिचालन गरेको थियो। पैसा नदिएप्रमाणपत्र नदिने भन्दै उनले लामो समय दुःख दिएको र रकम दिएलगत्तै प्रमाणपत्र दिएको पनि अख्तियारले जनाएको छ।

अख्तियारका अनुसार घुसबापतको रकम भगतले आफ्नै खातामा जम्मा गराउन लगाएका थिए। उजुरी परेपछि नेपाल प्रहरीका प्रहरी उपरीक्षकको नेतृत्वमा अख्तियारको टोली काभ्रे पुगेको थियो।

पूर्वकर्मचारी चौधरी पनि पक्राउ
यस्तै घुस लिन सहयोग गरेको भन्दै शिक्षाकै पूर्वकर्मचारी निरजकुमार चौधरीलाई पनि अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ। सबइन्जिनियर भगतले चौधरीमार्फत घुस रकम लेनदेन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ ।

अन्य सम्बन्धित समाचार:  सप्तरीमा मोटरसाइकल दुर्घटना: दुई जनाको मृत्यु

शिक्षा विभाग सानोठिमीमा दरबन्दी रहेका भगत काजमा काभ्रेका विभिन्न ठाउँका १७ वटा विद्यालयको मर्मत कार्य हेर्दै आएका थिए। थप अनुसन्धानका लागि उनलाई काठमाडौं ल्याइएको छ ।

Maruti Cement