जनप्रतिनिधि विहीन रहेका ५० ठाउँको उपनिर्वाचन कार्तिकमा हुने

Prabhu Bank

काठमाडौं । विभिन्न काराणले रिक्त रहेको देशका ५० ठाउँको उपनिर्वाचन कार्तिकमा हुने भएको छ । निर्वाचन आयोगले जनप्रतिधि विहीन भएका संघ, प्रदेश र स्थानीय तहमा निर्वाचन गराउने भएको हो ।

Saftey Pads

प्रधानमन्त्री केपी शर्मा ओलीले उपनिर्वाचनका लागि काम अघि बढाउन निर्देशन गरे लगत्तै निर्वाचन आयोगले कार्तिक मसान्तसम्ममा निर्वाचन गराउने कार्ययोजना अधि सारेको हो ।

अहिले केन्द्रमा १ जना र प्रदेशमा ३ जना, नगरप्रमुखमा १, गाउँपालिकाका अध्यक्ष २, स्थानीय तहमा ३ उपप्रमुख र वडाअध्यक्षमा ४३ जना वडा अध्यक्षको पद रिक्त रहेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताएका छन् ।

अन्य सम्बन्धित समाचार:  आज राति मृगशिरा उल्कावर्षा हुने
Maruti Cement