प्रेमिकासँग रात बिताएका प्रेमी गेष्ट हाउसमै मृत भेटिए

Prabhu Bank

काठमाडौं । गोगंबुस्थित शुभकलश गेष्ट हाउसमा आफ्नी प्रेमिकासँग बस्न पुगेका एक युवक मृत अवस्थामा भेटिएका छन् । मंगलबार साँझ फेसबुकमार्फत चिनजान भएकी प्रेमिकासँग गेष्ट हाउस बस्न पुगेका काभ्रे घर भएका २५ वर्षीय प्रमोद गुरुङ मृत अवस्थामा भेटिएका हुन् ।

Saftey Pads

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख डीएसपी फणिन्द्र प्रसाईंले शुभकलश गेष्ट हाउसको १०४ कोठा नम्बरमा प्रमोद गुरुङ मृत अवस्थामा भेटिएको पुष्टि गरे ।

डीएसपी प्रसाईंको अनुसार उनीहरु बसेको कोठा भियग्राहरु र गाँजा खाएर फालिएको चुरोटका ठुटाहरु भेटिएको छ । मृत्युको कारण खुल्न नसकेको उनले बताए । गेष्ट हाउस सञ्चालक र प्रेमिकालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

अन्य सम्बन्धित समाचार:  बैतडीः गाउँपालिकाका अध्यक्षमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ
Maruti Cement