सर्लाही गोलिकाण्डः प्रहरी बिरुद्ध प्रदर्शन

Prabhu Bank

काठमाण्डौ । प्रहरीको गोली लागेर सरोज नारायण महतोको मृत्यु भएको विरोधमा ईश्वरपुर नगरपालिकामा मंगलबार साँझ मसाल जुलुस प्रदर्शन गरिएको छ । गोलीकाण्डमा मृत्यु भएका युवक र खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएका बालकको परिवार, स्थानियसँगै संघीय सांसद र प्रदेश सांसदले पनि मसाल जुलुस प्रदर्शन गरेका हुन् ।

Saftey Pads

ईश्वरपुरको बयलबाँसमा प्रदेश सभा सदस्य उपेन्द्र महतो र प्रतिनिधी सभा सांसद प्रमोद साहको नेतृत्वमा मशाल जुलुस प्रदर्शन गरिएको छ । जुलुस बैलबाँस बजार परिक्रमा गरी ईलाका प्रहरी कार्यालय अगाडी कोण सभामा परिणत भएको थियो । कोण सभालाई प्रदेश सभा सदस्य उपेन्द्र महतो र प्रतिनिधी सभा सांसद प्रमोद साहले सम्बोधन गरेका थिए ।

अन्य सम्बन्धित समाचार:  आज राति मृगशिरा उल्कावर्षा हुने

मृतकलाई शहीद घोषणा गर्नुपर्ने, खोलामा भैरहेको अवैध दोहन रोक्नुपर्ने, गिट्टी बालुवा निकाल्दा बनेको खाल्डो पुर्नुपर्ने, उत्खन्न गर्ने गराउनेलाई कडा कारबाही गर्नुपर्ने, नजिक सञ्चालित क्रसर उद्योग बन्द गर्नुपर्ने, घट्नाको निष्पक्ष छानबिन गरिनुपर्ने, मृतक परिवारका एकजनालाई रोजगारी दिनुपर्ने, मृतकका बालबच्चालाई शिक्षा स्वास्थ्य लगायतको उचित व्यवस्था गरिनुपर्ने, घाईतेको उपचारका लागि राज्यले औषधी खर्चको व्यवास्था गर्नुपर्ने लगायतको माग राख्दै सोमबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका भएपनि माग संबोधन नभएकोले आन्दोलन गर्नु परेको संघीय सांसद साहले बताए ।

बालकको शव चार दिनदेखि अस्पतालमै अलपत्र
त्यस्तै परिवारले शव बुझ्न अस्वीकार गरेपछि मृतकको शव अस्पतालमै चार दिनदेखि अलपत्र अवस्थामा रहेको छ । अहिले शव गनाहाउन पनि थालेको मलंगवा अस्पताल सर्लाही स्रोतले जानकारी दिएको छ । विदेशबाट ६ महिनामा शव नेपाल आउँदा ताजा हुन्छ तर हामै्र नेपाल शव लाई शडाउने काम भएको मृत्कका आफन्त नविन महतोले बताए ।

अन्य सम्बन्धित समाचार:  पहिरोपीडितको व्यथा: त्रिपालभित्र जमरा राखेर दशैँ

सोमबार जिल्ला समन्वय समिति सर्लाहीको सभापति मेथुर चौधरीको कक्षमा बसेको सर्वदलिय बैठकले पनि घटनाको निष्पक्ष छानविन गर्नुपर्ने र दोषीलाई कारवाही हुनुपर्ने माग राख्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका थिए । घटनाबारे सर्लाहीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतलाई पटक पटक सम्पर्क गर्दा पनि घटनाबाट पंक्षिण फोन नउठाउँदा आन्दोलित पक्षको मागबारे बुझ्न सकिएन ।

Maruti Cement