रामग्राम स्तुपको विकास सरकारले गर्छः मन्त्री अर्याल

Prabhu Bank

काठमाण्डौ । भूमि व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले सरकारले रामग्राम स्तुपको विकास गर्ने बताएकी छन् ।

Saftey Pads

मङ्गलबार पश्चिम नवलपरासी आएकी मन्त्री अर्यालले भगवान् गौतमबुद्धको अस्तुधातु रहेको स्थल रामग्राम स्तुपको अवलोकन गर्दै लुम्बिनीसँग जोडेर रामग्रामको विकास गरिने बताएकी हुन् ।

मन्त्री अर्याल स्तुपमा पुग्दा स्थानीयवासीले यसको विकासमा सरकारको ध्यान नगएको भन्दै ध्यानाकर्षण गराएका थिए ।

रामग्राम–७ का वडाध्यक्ष शिवशङ्कर हरिजनले स्वदेशी तथा विदेशी गरी वार्षिक ३० हजारभन्दा बढी पर्यटक आउने यो स्थल उचित विकास र पूर्वाधारको कमीले पछि परेकाले सरकारले चासो दिएर विकास गर्नुपर्ने बताइन् ।

 

अन्य सम्बन्धित समाचार:  अन्नपूर्ण सर्किट उत्कृष्ट गन्तव्यमा परेपछि व्यवसायी उत्साहित
Maruti Cement