जङ्गली च्याउ खाँदा सङ्खुवासभामा एक महिलाको मृत्यु

Prabhu Bank

काठमाण्डौ । सङ्खुवासभामा जङ्गली च्याउ खाँदा एक महिलाको ज्यान गएको छ । च्याउ खाएर बिरामी भएकी चिचिला–१ की पदमकुमारी राईको उपचारका क्रममा बुधबार काठमाडौंमा मृत्यु भएको हो ।

Saftey Pads

जङ्गली च्याउ खाँदा बिरामी भएकी ५९ वर्षिया राईको खाँदबारी अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौं मेडिकल कलेजमा ल्याएर भर्ना गरिएको थियो ।

राईले गत शनिबार जङ्गलबाट ल्याएको च्याउ खाएकी थिइन् । उनीसँगै च्याउ खाने छिमेकी गौमाया राई भने सुनसरीको घोपा अस्पतालमा उपचारपछि घर फर्किएकी छन् ।

 

अन्य सम्बन्धित समाचार:  सिकालीको प्रसाद प्रधानमन्त्रीलाई
Maruti Cement