नेकपा प्रवेश गर्दै छन् दिपक मनाङ्गे

Prabhu Bank

काठमाण्डौ । मनाङ ’ख’ बाट स्वतन्त्र सांसद निर्वाचित भएका राजीव गुरुङ (दिपक मनाङ्गे) नेकपा प्रवेश गर्ने भएका छन्। नेकपाकै समर्थनमा स्वतन्त्र सांसद निर्वाचित गुरुङ बिहीबार नेकपा प्रवेश गर्ने तयारी गरेका हुन् ।

Saftey Pads

उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेकपाका प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले पार्टी प्रवेश गराउने उनका निजी सचिव जगदिशनाथ योगीले जानकारी दिए। सांसद गुरुङ अहिले संसदमा नेकपालाई समर्थन जनाउँदै सत्ता पक्षकै रो मा बस्दै आएका छन्।

ज्यान मार्ने उद्योगको आरोपमा पक्राउ परी थुनामा रहेका सांसद दीपक मनाङ्गे थुनामुक्त भएपछि शपथग्रहण गरी गण्डकी प्रदेशसभा प्रवेश गरेका थिए। सांसद मनाङ्गे २७ हजार ३७५ रुपैयाँ धरौटीमा थुनामुक्त भएका थिए। ज्यान मार्ने उद्योगमा डिल्लीबजार कारागारमा कैद सजाय भुक्तान गरेका थिए।

अन्य सम्बन्धित समाचार:  स्याङ्जा: हत्या अभियोगमा चार जना पक्राउ

मनाङबाट निर्वा्चित राजीव गुरुङले गत माघ १४ गते साँझ शपथ लिएका थिए। निर्वा्चित भएको झण्डै नौ महिनापछि मनाङ्गेलाई गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीले ईश्वरको नाममा शपथ खुवाएका थिए।

शपथपछि मनाङेले आफ्नो क्षेत्रमा शिक्षा र विद्युतको समस्या रहेको र त्यसतर्फ आफ्नो ध्यान हुने र तत्काललाई समर्थन सरकार पक्षलाई नै हुने बताएका थिए। राजीव गुरुङ १३ सदस्यीय समिति रहने अर्थ तथा विकास समितिको सदस्यसमेत हुन्।

 

Maruti Cement