अखिल क्रान्तिकारीले बुझायो शिक्षा मन्त्रीलाई ज्ञापनपत्र

Prabhu Bank

काठमाडौं । नेकपा (माओवादी केन्द्र) समर्थित अखिल (क्रान्तिकारी)ले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई ज्ञापनपत्र बुझाएको छ । अखिल क्रान्तिकारीले बुधबार नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएका विभिन्न समस्या, खराबी लगायतका विषयमा एकमहिने अल्टिमेटम सहितको १० बुँदे ज्ञापनपत्र बुझाएको हो ।

Saftey Pads

ज्ञापनपत्र अखिल (क्रान्तिकारी)का अध्यक्ष आलोक रायमाझी, महासचिव सुन्दर रायमाझी, लगायत पदाधिकारीसहित सदस्यहरूले बुझाएका हुन्।

१० बुँदे मागपत्र १ महिनाभित्र पूरा नभए सशक्त आन्दोलन गर्ने पनि अध्यक्ष रायमाझीले बताए। जवाफमा, मन्त्री पोखरेलले यी जायज मागहरू भएको र आफू पूरा गर्न प्रतिबद्ध रहेको जानकारी गराए।

अन्य सम्बन्धित समाचार:  दशैंको छैटौं दिन कात्यायनीदेवीको पूजा गरिँदै
Maruti Cement