अत्यधिक रक्तश्रावले मुगुमा सुत्केरी आमाको मृत्यु

Prabhu Bank

काठमाण्डौ । मुगुमा अत्यधिक रक्तश्रावले मुगु सुत्केरी आमाको मृत्यु भएको छ । जिल्लाको पूर्वी करान भेगमा पर्ने मुगुम कार्मारोङ गाउँपालिका–१ चिताई गाउँकी ३५ वर्षीया पासङ फुटिक तामाङको छोराको जन्म दिइसकेपछि साल नझर्दा मृत्यु भएको हो ।

Saftey Pads

असार १६ गते आफ्नै घरमा छोरा जन्माएकी थिइन्। छोराको जन्म भइसकेपछि साल नझरेको र अत्याधिक रक्तश्राव भएपछि असार १७ गते उनको घरमा नै मृत्यु भएको स्थानीयवासीले जनाएका छन्।

घरमा नै सुत्केरी बेथा लागेपछि गाउँमा स्वास्थ्यकर्मी नहुँदा स्थानीय महिला स्वास्थ्य स्वयंसेविकाले सुत्केरी गराएका थिए। बच्चा जन्मे पनि साल निस्किन सकेको थिएन।

आमाको मृत्यु भएपछि जीवित अवस्थामा रहेको नव जात शिशुको विचल्ली भएको छ। मृतक सुत्केरी तामाङका  अन्य तीन सन्तान पनि साना रहेका छन्।

अन्य सम्बन्धित समाचार:  दसैँमा पनि हुन पाएन थारु समुदायको सखिया नाच
Maruti Cement