काठमाडौंमा राति १० बजेसम्म अनिवार्य सार्वजनिक गाडी चलाउनुपर्ने 

Prabhu Bank

काठमाण्डौ । काठमाडौं महानगरपालिकामा अनिवार्य राति १० बजेसम्म सार्वजनिक सवारी साधन चलाउनुपर्ने भएको छ । महानगरको स्थानीय राजपत्रमा सवारी तथा यातायात व्यवस्थासम्बन्धी ऐनमा यस्तो व्यवस्था गरिएको हो ।

Saftey Pads

फागुनदेखि असोजसम्म बिहान ५ बजेदेखि राति १० बजेसम्म र कात्तिकदेखि माघ मसान्तसम्म राति ९ बजेसम्म सार्वजनिक सवारी साधन संचालन गर्नुपर्ने ऐनमा उल्लेख छ। त्यस्तै महानगरमा चल्ने सम्पूर्ण सार्वजनिक यातायातले यात्रुलाई अनिवार्य टिकट दिनुपर्ने छ।

सोही ऐनमा महानगरभित्र रुट कायम भएका सार्वजनिक यातायातले यात्रुलाई बस बिसौनी वा सवारी साधन चढे लगत्तै निर्धा्रित भाडा तिरी टिकट दिनुपर्ने उल्लेख गरिएको छ।

सार्वजनिक यातायातले यात्रुको सहजताको लागि दैनिक, साप्ताहिक, मासिक, तथा वार्षिक रुपमा मान्य हुने टिकटहरू जारी गर्नु पर्ने छ। बालबालिका, विद्यार्थी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्त, जनआन्दोलनका घाइते, शहीद परिवारका सदस्यलाई छुटसहितको टिकट प्रदान गर्नुपर्नेछ।

अन्य सम्बन्धित समाचार:  सप्तरीमा कारको ठक्करबाट वृद्धको मृत्यु

यात्रुलाई दिइने टिकटमा धूम्रपान, मद्यपान, सुर्तिजन्य पदार्थ, अश्लिल सामाग्री तथा सार्वजनिक हित विपरित हुने सामाग्रीको विज्ञापन गर्न भने पाइने छैन।

यसो नगरेको खण्डमा कसुर गर्ने संस्था वा कम्पनीलाई पहिलो पटकको लागि १ हजार, दोस्रो पटक २ हजार र त्यसपछि प्रत्येक पटक ५ हजार जरिवाना हुने राजपत्रमा उल्लेख छ। कार्यपालिकाले यस ऐनको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक आवश्यक नियम, निर्देशिका र मापदण्ड बनाउनेछ।

Maruti Cement