न्वारानको भोज खाँदा गोरखामा ४० जना बिरामी

Prabhu Bank

काठमाण्डौ । गोरखाको शहीद लखन गाउँपालिका–६ वतासेमा न्वारानको भोज खाँदा ४० जना बिरामी परेका छन् । उनीहरूमा टाउको दुख्ने, ज्वरो आउने, वान्ता हुने तथा पखाला लाग्ने जस्ता समस्या देखिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र श्रेष्ठले बताए ।

Saftey Pads

केही बिरामीको स्वास्थ्यसंस्थामै उपचार गरिएको उनले बताए । फुड पोइजनका कारण बिरामी भएको हुनसक्ने उनको अनुमान छ । भोजमा कुखुराको मासु खाएका जति बिरामी परेकाले मासुकै कारण फुड पोइजन भएको अनुमान गरिएको छ ।

घैरुङ स्वास्थ्य चौकी र गाउँपालिकाको स्वास्थ्य शाखा टिमले बिरामीको उपचार गरिरहेको छ । बिरामीको अवस्था सामान्य रहेको श्रेष्ठको भनाइ छ ।

अन्य सम्बन्धित समाचार:  बैतडीः कुटपिटबाट घाइते युवकको मृत्यु, २ जना पक्राउ
Maruti Cement