एक जना नायब सुब्बाको सरुवाको लागि ३२ जना सांसदको भनसुनः मन्त्री पण्डित

Prabhu Bank

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले एक जना नायब सुब्बाको सरुवाको लागि आफूकहाँ ३२ जनासम्म सांसद आएको अनुभव सुनाएका छन्।

Saftey Pads

राज्यव्यवस्था समितिको बैठकमा बोल्दै मन्त्री पण्डितले कर्मचारी सरुवामा भनसुनको विकृत परम्परा रहेको भन्दै सच्याउन आग्रह गरे। संघीय निजामती कर्मचारी ऐनका लागि विधेयकमाथि भइरहेको दफावार छलफलका क्रममा मन्त्री पण्डितले विगतको तितो अनुभव सुनाएका हुन्।

विधेयकको छलफलका क्रममा कर्मचारीको सरुवा र काज सरुवाको प्रावधानमाथि बुधबार छलफल भएको छ। मन्त्री पण्डितले सरुवाको लागि भनसुन धेरै आएको आफ्नो अनुभव सुनाउँदै अब बन्ने ऐनमा भनसुनको सुनुवाइ हुनै नसक्ने प्रावधान राख्न समितिलाई सुझाव दिएका छन्।

अन्य सम्बन्धित समाचार:  दार्चुलाको छाङ्गरु र तिङ्करमा खाद्यान्न ढुवानी
Maruti Cement