भोजपुरको वडा कार्यालयमा आगजनी, बजारमा शंकास्पद वस्तु भेटियो

Prabhu Bank

काठमाण्डौ । भोजपुरको पश्चिमी टेम्केमैयुङ गाउँपालिका–१, तिम्मामा रहेको वडा कार्यालयमा अज्ञात समुहले तोडफोड तथा आगजनी गरेको छ । मङ्गलबार राति वडा कार्यालयको ताला फोडेर सो समुहले कार्यालयमा रहेको महत्वपूर्ण कागजात लगायत कार्यालयका सामानहरुमा तोडफोड र आगजनी गरेको हो ।

Saftey Pads

नचिनेका मानिसहरूको समूहले वडाध्यक्ष र वडा सचिवको कार्यकक्षको ताल्चा फोरेर सामानहरु तोडफोड गर्नुका साथै कम्प्युटर, टेबुल, कुर्सी, प्रिन्टर, इन्टरनेटका सामग्री तथा महत्वपूर्ण कागजातहरू जलाएको प्रहरी निरीक्षक पाण्डव राजवंशीले बताए ।

त्यस वडाको परिसरभित्रै भेटिएको बमजस्तो देखिने शंकास्पद वस्तु भने निष्क्रिय गरिएको प्रहरीले जनाएको छ । समूहले कार्यालयमा रहेको १ थान ल्यापटप पनि साथमा लिएर गएको बताइएको छ । घटनापछि त्यस ठाउँमा सुरक्षा स्थिति कडा पारिएको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले जानकारी दिए । घटनास्थलमा बुधबार बिहानबाटै नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोलीलाई खटाइएको छ ।

अन्य सम्बन्धित समाचार:  चन्द्रागिरि र गोदावरीमा द्ई जना मृत फेला

सदरमुकाम नजिकै शंकास्पद वस्तु फेला

भोजपुर सदरमुकामको देउराली सौदाचोकमा बुधबार बिहान एक शंकास्पद वस्तु फेला परेको छ । सौदाचोकबाट बोखिम जाने बाटोको सिँढीमा रातो झोलामा राखिएको अवस्थामा शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

शंकास्पद वस्तु राखिएको वरपरका स्थानीयवासी त्रसित बनेका थिए । बुधबार बिहान करिब साढे ११ बजेतिर शंकास्पद वस्तु रहेको झोला देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

Maruti Cement