संगठनमा हार्दिकता हुनुपर्छ, गुट हुनुभएनः प्रदीप पौडेल

Prabhu Bank

काठमाण्डौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले १४ औं महाधिवेशनको मिति घोषणा गर्नुपर्ने बताएका छन्।
शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको कार्यकाल फागुनमा सकिने भएकोले अहिले नै महाधिवेशनको मिति तय गरेर जान सके संगठन चलायमान हुने उनको भनाइ छ।

Saftey Pads

‘संघीय संरचनाअनुसार तलदेखि माथिसम्म संगठन नहुँदा पार्टी चलायमान भएन,’ बाँकेमा बुधबार गिरिजाप्रसाद कोइराला फाउन्डेसनले गरेको कार्यक्रममा पौडेलले भने, ‘संगठनलाई पूर्णता दिन पनि महाधिवेशन आवश्यक छ।’

उनले देशैभर कांग्रेस भए पनि संगठन निर्माण गर्न नसक्दा पार्टी चलायमान नभएको पनि बताए।

‘एउटा चुनाव हार्दैमा पार्टी गर्लम्म ढल्दैन। देशैभर कांग्रेसका साथीहरू हुनुहुन्छ,’ उनले भने, ‘महाधिवेशन गर्ने र रणनीति बदलेर जाने हो भने कम्युनिस्टसँग भिड्न सकिन्छ।’

अन्य सम्बन्धित समाचार:  कर्णालीका मुख्यमन्त्री शाहीविरुद्धको अविश्वास प्रस्ताव अस्वीकृत

उनले संगठन बलियो भएमात्रै कम्युनिस्टसँग भिड्न सकिने बताए। ‘संगठन बलियो भएमात्रै कम्युनिस्टसँग भिड्न सक्छौं। संगठनमा हार्दिकता हुनुपर्छ, गुट हुनुभएन,’ उनले भने। सरकारले राम्रा काम गर्न नसकेको उनको टिप्पणी छ।

Maruti Cement