काठको मुडाले लागेर बागलुङमा एक किशोरीको मृत्यु

Prabhu Bank

काठमाण्डौ । बागलुङमा काठको मुडाले लागेर एक किशोरीको मृत्यु भएको छ । बडिगाड गाउँपालिका वडा न. ६, चिच्चौरमा भीर पल्टाइएको काठको मुडाले लागेर १७ वर्षीया सुमना थापाको घटनास्थलमै मृत्यु भएको हो ।

Saftey Pads

मंगलवार खरबारी माथिको जङ्गलमा काठकाटी तल पल्टाउने क्रममा दिउँसो करीब साढे ३ बजे किशोरीलाई लागेर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक ओम प्रकाश यादवले जानकारी दिए ।

बडिगाडका मोहलाल पुन, सुमन केसी, तिलक गुरुङ र नर बहादुर माकिमले काठ काटेर पल्टाउने क्रममा किशोरीलाई लागेको प्रहरीले जनाएको छ ।  शव पोस्टमार्टमका लागि स्वास्थ्य केन्द्र पठाइएको प्रहरी निरीक्षक यादवले बताए ।

अन्य सम्बन्धित समाचार:  धनगढीबाट अछाम उड्न थाल्यो जहाज

भीरमा काम गर्दा सावधानी नअपनाइ तलको बस्तीलाई कुनै खबर नगरेकाले काठ पल्टाउनेलाई कारवाहीसहित पीडित पक्षलाई उचित न्याय हुनुपर्ने मृतकका आफन्त खिम बहादुर रोकाले बताए ।

Maruti Cement