अस्थायी कर्मचारीलाई स्थायी गर्न युनियनको माग

Prabhu Bank

काठमाडौं । स्थानीय तह कर्मचारी युनियन, नेपालले लामो समयदेखि कार्यरत स्थानीय तहका अस्थायी कर्मचारीहरुलाई स्थायी गर्ने कानुनी व्यवस्था गर्न सरकारसमक्ष माग गरेको छ । युनियनको हालै सम्पन्न प्रथम राष्ट्रिय भेलाले जारी गरेको १४ बुँदे काठमाडौं घोषणा पत्रमा वर्षौदेखि स्थानीय तहमा कार्यरत अस्थायी कर्मचारीहरुलाई स्थायी गर्ने कानुनी व्यवस्था गर्न सरकारलाई दबाब दिने उल्लेख गरिएको हो ।

Saftey Pads

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी युनियनका अध्यक्ष नूरबहादुर साउदले आन्तरिक विशेष प्रतियोगिताको माध्यमबाट अस्थायी कर्मचारीहरुलाई स्थायी गराउन र त्यसमा नपर्ने कर्मचारीहरुलाई जीवन निर्वाहका लागि आवश्यक सुविधासहित बिदाई गर्न पनि सरकारलाई दबाब दिने निर्णय गरिएको बताए ।

घोषणापत्रमा स्थानीय तहका कर्मचारीहरुको नियुक्ति, सरुवा, बढुवाको उचित व्यवस्थापन गर्न तत्काल स्थानीय सेवा ऐन जारी गर्न पनि सरकारसँग माग गरिएको छ । त्यसैगरी कर्मचारीहरुको हक, हितका लागि सबै स्थानीय तहमा स्थानीय तह कर्मचारी युनियनको निर्वाचन गराउन पनि सरकारसँग माग गरिएको युनियनका अध्यक्ष साउदले बताए ।

अन्य सम्बन्धित समाचार:  गुल्मीमा जुवा खेल्दै गरेका वडाध्यक्षसहित १२ पक्राउ
Maruti Cement