ठमेललाई प्रविधि मार्फत थप सुरक्षित बनाउँछौंः डीआईजी थापा

Prabhu Bank

काठमाडौं । महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रमुख शैलेश थापा क्षेत्रीले काठमाडौंको ठमेल क्षेत्रमा प्रविधिको उच्चतम् प्रयोगमार्फत सुरक्षा प्रदान गरिने बताएका छन् ।

Saftey Pads

बुधबार ठमेलमा पर्यटन सूचना केन्द्र र टुरिष्ट पुलिस मोबाइल एप्लिकेशको उद्घाटन गर्दै उनले उल्लेखनीय चेतनास्तर रहेको ठमेललाई प्रविधिमार्फत थप सुरक्षित बनाइने बताएका हुन् ।

यस्तै ठमेलमा पर्यटन सूचना केन्द्र र टुरिष्ट पुलिस मोबाइल एप्लिकेशको स्थाना गरिएको छ । पर्यटकलाई लक्षित गरेर निर्माण गरिएको टुरिष्ट पुलिस मोबाइल एप पर्यटन सम्बन्धी जानकारी एवं पर्यटकहरुको गुनासो तथा समस्यालाई सहज ढंगले सम्बोधन गर्ने उद्देश्यले निर्माण गरिएको हो। उक्त एप एन्ड्रोएड मोबाइलमा डाउनलोड गरेर प्रयोग गर्न सकिन्छ।

अन्य सम्बन्धित समाचार:  कैलालीमा भारतीयलाई नागरिकता दिन खोज्ने वडाध्यक्षसहित तीन पक्राउ
Maruti Cement