वडा अध्यक्षसहित पाँचजना जुवाको खाल बाट पक्राउ

Prabhu Bank

काठमाण्डौ । प्रहरीले जुवा खेलिरहेको अवस्थामा इटहरी उपमहानगरपालिका १५ का वडा अध्यक्ष सहित पाँचजनालाई पक्राउ गरेको छ।

Saftey Pads

वडा अध्यक्ष श्रवणकुमार चौधरीसहित मोरङको ग्रामथान गाउँपालिका ६ का ४० वर्षीय रुपेशकुमार तामाङ, ग्रामथान ५ का ४० वर्षीय लालबहादुर चौधरी, गढी गाउँपालिका ३ का ४२ बर्षीय रमेश चौधरी र ३९ बर्षीय जोगेन्द्र उरावलाई सुनसरीको दुहबीबाट पक्राउ गरिएको हो ।

जुवाको खालबाट नगद २ लाख रकमसमेत बरामद गरेको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी ज्ञानेन्द्र फुयाँलले जानकारी दिए । पाँचैजना दुहबी १२ मा रहेको गङ्गा चौधरीको घरमा जुवा खेलिरहेका थिए। उनीहरूलाई गोप्य सूचनाको आधारमा छापा मारी पक्राउ गरेको फुयाँलले जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  कोरोना संक्रमित कांग्रेस नेता विश्वकर्माको स्वास्थ्य गम्भीर
Maruti Cement