सहज स्वास्थ्य सेवा पुर्याउन निजी क्षेत्रको सहयोग आवश्यक छः मन्त्री यादव

काठमाण्डौ । नेपाल सरकारका उप–प्रधान तथा स्वास्थ्य जनसंख्या मन्त्री उपेन्द्र यादवले आम जनतासम्म सहज स्वास्थ्य सेवा पुर्याउन निजी क्षेत्रको सहयोग आवश्यक रहेको बताएका छन् ।

सिरहाको धनगढीमाई नपा ९ मुसहर्नीयामा नवनिर्मित आर.के. मेरिसिटी अस्पताल प्रा.लि.को उद्घाटन गर्दै मन्त्री यादवले सरकारले मात्र सम्पूर्ण जनतालाई स्वास्थ्य सेवा दिनसक्ने अवस्था अझै नरहेको भन्दै निजी क्षेत्रको पनि उतिकै आवश्यकता रहेको बताएका हुन् ।

मन्त्री यादवले निजी क्षेत्रको स्वास्थ्य संस्था नाफा मुखीमात्र नभएर विपन्न जनताको लागि सेवा प्रदायक पनि हुनुपर्ने बताए । उनले प्रदेश नं. २ मध्यम र गरिव वर्गको बसोवास रहेको प्रदेश भएकाले पनि स्वास्थ्य संस्थाले सेवाभाव देखाउनुपर्ने औंल्याए ।

पूर्वपश्चिम राजमार्गसँग जोडिएको ५० शैयाको सुविधा सम्पन्न अस्पतालले आजैबाट सेवा प्रदान गर्न सुरु गरेको सो अस्पतालका संस्थापक डा.वीरेन्द्र चौधरीले जानकारी दिए ।

अस्पतालमा अन्तर्रा्ष्ट्रिय मापदण्डका ल्याव, एक्सरे तथा पूर्वाधार र दक्ष तथा अनुभवी चिकित्सकहरुले सेवा प्रदान गर्ने पनि अस्पतालले जनाएको छ ।

तपाईंको प्रतिक्रिया/टिप्पणी