२२ गते नेपाल बन्दको कार्यक्रम हल्ला मात्रै

Prabhu Bank

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले यही असार २२ गते गर्ने भनेको नेपाल बन्दको कार्यक्रम हल्ला मात्रै भएको बताइएको छ ।

Saftey Pads

नेकपाले २२ गते नेपाल बन्दको आयोजना गरेको भन्दै विभिन्न अनलाइन सञ्चारमाध्यमले प्रेषित गरेको समाचारप्रति नेकपाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

‘२२ गते पार्टीले कुनै बन्दको कार्यक्रम आयोजना गरेको छैन तर विभिन्न सञ्चारमाध्यममा बिनातथ्य बन्द भन्दै प्रचारप्रसार गरिएको पाइयो, यो गलत हो’ नेकपाले भनेको छ। २२ गते आफूहरूको बन्दको कुनै पनि कार्यक्रम नभएको नेकपाका केन्द्रीय कार्यालय सचिव धु्रवले बताए।

उनले देशभर प्रहरीले बिनाकारण चलाएको धरपकड र गिरफ्तारीप्रति आफूहरू गम्भीर रहेको पनि बताए।

अन्य सम्बन्धित समाचार:  नेकपाले पनि यस वर्ष चियापान कार्यक्रम नगर्ने
Maruti Cement