‘सानो मन’को शीर्ष गीत गाउनेलाई गीत रेकर्ड गर्ने मौका

Prabhu Bank

काठमाण्डौ । अभिनेता आयुष्मान देशराज श्रेष्ठ जोशी र अभिनेत्री शिल्पा मास्के अभिनित फिल्म ‘सानो मन’ असार २७ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ। प्रदर्शन मिति नजिकिँदै गर्दा ’सानो मन’ फिल्म युनिट ले प्रचार प्रसारलाई प्रभावकारी बनाउन कुनै कसर बाँकी राखेको छैन।

Saftey Pads

युनिटले राजधानीदेखि मोफसलसम्म फिल्मको प्रचार भ्याइसकेको छ। म्यूजिकल लभस्टोरीमा निर्मित चलचित्रले बक्सअफिसमा राम्रो व्यापार गर्ने अनुमान गरिएको छ। यसैबीच गीतसंगीत र ट्रेलरका कारण चर्चामा रहेको फिल्मले एक कन्टेस्टको घोषणा गरेको छ।

यस चलचित्रको शीर्ष गीत गाएको भिडियो पठाउने मध्ये उत्कृष्ट एक जनाले गायक रोहितजोन क्षेत्रीसँग गीत गाउने अवसर पाउनेछन्। यस्तै उक्त गीतको भिडियो पनि ‘सानो मन’ टीमले निर्माण गरिदिनेछ। निर्णायकमा गायक क्षेत्री स्वयं छन्। नयाँ प्रतिभालाई प्रोत्साहन गर्न यो कन्टेस्टको घोषणा गरिएको बताईएको छ।

शीर्ष गीतमा रोहित जोन क्षेत्रीको स्वर तथा स्वप्निल शर्माको शब्द रहेको छ भने सुयोग सोताङ्गले संगीत भरेका छन्। युट्युबमा यस गीतको भिडियोलाई दर्शकले निकै रुचाएका छन्। फिल्ममा सक्षम सुवेदी, गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्ट, देव कुमार श्रेष्ठ लगायतका कलाकारहरुको पनि अभिनय छ। समिर सुनुवार र निर्देशक गुरुङको संयुक्त लेखन रहेको ‘सानो मन’ लाई आलोक शुक्लाले छायांकन गरेका छन्।

Maruti Cement