तीन वर्षदेखि बेपत्ता श्रीमान् टिकटकले भेट्टायो

Prabhu Bank

काठमाडौं

Saftey Pads

भारतको तामिलनाडु प्रान्तकी एक महिलाले तीन वर्षदेखि बेपत्ता भएका आफ्ना श्रीमान् टिकटकको माध्यमबाट फेला पारेकी छिन् ।

तामिलनाडुको कृष्णनगरीका सुरेश नामक व्यक्ति सन् २०१६ मा आफ्नी श्रीमती र तीन छोराछोरी छोडेर हिँडेका थिए । त्यसयता उनी सम्पर्कमा आएका थिएनन् ।

यसबीचमा उनकी श्रीमती जयप्रधाले सम्भव हुनेजति सबै ठाउँमा उनको खोजी गरिन् । त्यस्तै प्रहरीमा उजुरी दिँदा पनि पत्ता लागेको थिएन ।

हराएको तीन वर्षपछि एक आफन्तले टिकटकमा सुरेशजस्तै व्यक्ति देखेको बताए । प्रहरीले भिडियोलाई आधार बनाएर अनुसन्धान सुरु गर्यो । सामान्य घरझगडापछि घर छोडेर हिडेका सुरेश होसुरमा मेकानिको काम गरेर बसिरहेको पत्ता लाग्यो ।

उनी लिंग परिवर्तन गरेकी एक महिलासँगको सम्बन्धमा थिए, जसले उक्त टिकटक भिडियो बनाएकी थिइन् । 

अन्य सम्बन्धित समाचार:  पाकिस्तानमा बम विष्फोटमा सातको मृत्यु
Maruti Cement