युरोप हिँडेका युवाले युद्धग्रस्त लिबियामा ज्यान गुमाए

Prabhu Bank

काठमाडौं

Saftey Pads

युरोपेली मुलुक इटालीका लागि हिँडेका एक नेपाली युद्धग्रस्त अफ्रिकी देश लिबियामा मारिएका छन् ।

मानव तस्करको चङ्गुलमा परेर त्यहाँ पुगेका उनको रात्रि आक्रमणमा परी मृत्यु भएको त्रिपोलीस्थित अन्तर्राष्ट्रिय आप्रवास सङ्गठनलाई उद्धृत गर्दै कायरोस्थित नेपाली दूतावासले जनाएको छ ।

आक्रमणमा परी २७ वर्षीय सन्तोष श्रेष्ठसहित धेरै शरणार्थी तथा आप्रवासीको मृत्यु भएको छ । घटनाको बारेमा थप जानकारी आउन बाँकी रहेको दूतावासले जनाएको छ ।

त्रिपोलीमा रहेका श्रेष्ठलाई उद्धार गरी नेपाल फर्काउन दुई दिनअघि मात्र यात्रासम्बन्धी कागजात पठाउन आइओएमले नेपाली दूतावासलाई पत्राचार गरेको थियो ।

त्रिपोलीमा कार्यरत नेपाली शान्ति सेनासँग दूतावासले निरन्तर सम्पर्क स्थापना गरी सहयोग एवं समन्वय गरिरहेको जनाएको छ ।

अन्य सम्बन्धित समाचार:  आईपीएलमा हैदरावादसित दिल्ली पराजित
Maruti Cement