सांसद दीपक मनाङ्गे नेकपामा प्रवेश

Prabhu Bank

काठमाडौं

Saftey Pads

गण्डकी प्रदेशका सांसद राजीव गुरुङ(दीपक मनाङ्गे) नेकपामा प्रवेश गरेका छन् ।

बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरास्थित नेकपाको गण्डकी प्रदेश कार्यालयमा आयोजित कार्यक्रममा टीका लगाएर उनलाई नेकपामा प्रवेश गराए ।

मनाङ्गे मनाङ ‘ख’ बाट स्वतन्त्र रुपमा निर्वाचित सांसद हुन् । प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका उनी नेकपाकै सहयोगमा निर्वाचित भएका थिए । तर, फौजदारी मुद्दामा उच्च अदालत पाटनबाट दोषी ठहर भएपछि उनले सपथ लिन पाएका थिएनन् ।

उनले सर्वोच्चमा पुनरावेदन गरेपछि सर्वोच्च अदालतले उनलाई थुनामा नबसी मुद्दा लड्न सक्ने गरी बाटो खोलिदिएको थियो । निर्वाचित भएको झण्डै नौ महिनापछि मनाङ्गेले गएको २४ माघमा सांसदको शपथ लिएका थिए ।

नेकपा प्रवेश गराउँदै मुख्यमन्त्री गुरूङले मनाङ्गेलाई नेकपाको विधान पनि हस्तान्तरण गरेका छन् ।

मनाङ्गेसँगै विप्लव समूहका नेता पुष्प कार्की पनि नेकपा प्रवेश गरेका छन् ।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्रीले 'रअ'को प्रमुखलाई भेट्नु आपत्तिजनक: नागरिक अगुवा
Maruti Cement