अर्घाखाँची दुर्घटना फलोअपः २ को मृत्यु, ९ घाइते

काठमाडौं

अर्घाखाँचीको खाँचीखोलमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

कपिलवस्तु जिल्लाको कृष्णनगरबाट अर्घाखाँचीको सन्धिर्खकका लागि छुटेको लु १ ज १३२९ नम्बरको जिप दुर्घटना भएर दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

दुर्घटनामा परि ५ जना गम्भिर घाईते भएको र ४ जना सामान्य घाईते रहेका छन् । घाईते सबैको ठाडा प्राथमिकता स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

सम्बन्धित समाचारहरुः

–अर्घाखाँची दुर्घटना फलोअपः ४ जनाको उद्दार

–अर्घाखाँचीमा जिप दुर्घटना

यसअगाडिको प्रहरीको जानकारी अनुसार तीनको मृत्यु भनिएको सम्प्रेषित समाचारलाई सच्याएका छौं: नेपाली पत्रिका 

तपाईंको प्रतिक्रिया/टिप्पणी