‘अन्तिम लक्ष्य अमेरिका’ ठान्नेहरुका नाममा..

Prabhu Bank

भर्खर बीस पुगेकी कलकलाउँदी ज्योत्सनाले ४० नाघेको बैँस ढल्केको अमेरिकी ग्रीन कार्डधारीसंग बिहे गरी।
मेरो आठ बर्षे भतिजलाई ‘बाबु ठूलो भए पछि के बन्छौ’ भनेर सोध्यो भने काका जस्तै अमेरिका जान्छु भन्छ। नेपालमा २० बर्ष जागिर गरेर पनि एउटा घर जोड्न नसकेको पवन शर्मा(नाम परिवर्तन) अझै डिभी चिठ्ठा भरेको भर्यै छन्,…

Saftey Pads

अमेरिका बस्ने भनेपछि दीनबन्धु काकाले केहि नबुझेरै छोरी दिने निर्णय गरेछन्। ज्वाईँ लागु पदार्थ दुर्व्यसनी परेछन्।

पेपर म्यारिज गरेर अष्ट्रेलिया पुगेकी निर्मला कागजी लोग्नेलाई भनेजति रकम दिन नसकेपछि मन मुटाव भएपछि डिप्रेसनमा परिछ।

डिभी. परेर अमेरिका जाने होऊन् वा बिद्यार्थी भिषामा जापान, अष्ट्रेलिया र युरोप जानेहरुले प्राप्त गर्ने बधाईका अगाडि लोक सेवा वा सेना र प्रहरीमा जागिर खानेहरु ओझेल परेको देख्न थालेको बर्षौँ भईसक्यो।

तर साश्वत सत्य के हो भने, परदेश जति नै राम्रो किन नहोस्, सपनाहरु घरदेशकै देखिन्छन्, नेपालमा जन्मेको मान्छे परदेशमा मर्न चाहन्न।

तर नेपाल बृद्दाश्रम होईन, यो त मातृभूमि हो, यस प्रति हाम्रो जिम्मेवारी छ, हुनुपर्छ। सीप र जाँगर आफ्नै माटोमा पोख्नुको मूल्य अरु केहिसंग तुलना हुन सक्दैन।त्यसैले देश फर्कनैपर्छ।

नेपालका अधिकांश युवा युवतीको अन्तिम लक्ष्य अमेरिका बनेको छ। कामको सिलसिलामा, उच्च शिक्षा अध्ययनको नाममा, अनि डिभी मार्फत र हुँदा हुँदा त्यहाँ बस्नेसंग बिवाह गरेर भए पनि अमेरिका जानु धेरैको सपना, कल्पना र चाहना बनेको छ। १५र२० बर्ष अघि फाट्टफुट्ट सुनिने अमेरिका गएकाहरुको संख्या आज लाखौंको हाराहारीमा पुगेको छ। आफ्नो निश्चित उद्धेश्य पूरा गरेपछि, उच्च शिक्षा हासिल गरिसके पछि, नाम, दाम र प्रतिष्ठा कमाए पछि पनि नेपाल फर्कन नचाहने, त्यहीँको ग्रीनकार्ड लिएर घरजम गरेर बस्नेहरुको संख्या बढदै गएको छ।
अमेरिका नै सबैथोक र स्वर्गलोक ठान्ने र मान्नेहरु त्यहाँ पुग्नुलाई ठूलो युद्द जितेको बहादुरी र नेपालबाट मुक्त भएर ठूलो राहत मिलेको महशुस गर्दै त्यहि ‘स्वर्ग’ मा दुस्खजिलो गरेर जीवन गुजारा गरिरहेका छन्। २४ घण्टामा १८र२० घण्टा काम गर्ने, महंगो आवास, खाना र महिनैपिच्छे आउने अनेकौं शिर्षकका बिलहरु तिर्न हम्मेहम्मेको अवस्थामा पनि केवल भूगोलको नाम र त्यो संग जोडिने शानका निम्ति मात्रै भए पनि अमेरिका त्याग्न नसकेको अवस्था आज बाध्यतामा परिणत हुदै गएको छ।त्यसो त राम्रो काम गर्नेहरु पनि छन् तर औँलामा गन्न सकिने मात्र।

 

बिकसित मुलुकमा गएर पढ्ने, सीप र प्रबिधि सिक्ने, काम गर्ने, पैसा कमाउने न हो। त्यहाँ पढेको ज्ञान, सिकेको सीप र कमाएको धन त्यहि मुलुकमा खर्च गर्ने हो भने आफ्नो मुलुकले केहि पाउँदैन। जसरी परिवारले आफ्नो सन्तानबाट आशा भरोसा गरेको हुन्छ मुलुकले पनि आश गरेको हुन्छ। ठाउँमा पुगेर पनि, योगदान गर्न लायक भएर पनि आफ्नो घर, परिवार, गाउँ, समाज अनि राज्यका निम्ति केही योगदान नगर्ने हो भने अमेरिका मात्रै होइन अन्तरिक्षमै पुगे पनि उसको जीवन पक्कै पनि सार्थक हुदैन। यसो भन्दैमा कसैले पनि घर परिवार र समाजमा कुनै योगदान नगरेको भन्ने पुष्टि गर्न खोजेको अर्थ नलागोस्। असल मन र जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्नेहरुको सहयोगबाट नै आज मुलुक चलेको छ भन्न कुनै हिच्किचाहट गर्नुपर्ने अवस्था छैन तर सबैले आफ्नो ज्ञान, सीप र उर्वर समय आफ्नो मुलुकको लागि अझै बढि मात्रामा खर्च गर्नुपर्ने अवस्था आईसकेको छ। अब घर परिवारलाई मात्र होईन गाउँ, समाज र पूरै मुलुकका लागि योगदान गर्नुपर्ने बेला भएको छ।

 

नेपालमा गर्ने के ? यो एउटा आम प्रश्न हो जसको सटिक र किताबी जवाफ दिन सकिदैन। तर यसको जवाफ चैं धेरै सजिलो छ, गर्न अलि गार्‍हो होला असम्भव भने छैन। नेपालमा जे छैन त्यो गर्ने, जहाँ जे गर्नुपर्ने त्यहाँ त्यही गर्ने, जसरी गर्नुपर्ने त्यसरी नै गर्ने। अझ प्रष्ट भनौँ ईमानदारीता छैन ईमानदार भएर गर्ने, सदाचार छैन सदाचारी भएर गर्ने, नैतिकता छैन नैतिकवान भएर आफ्नो काम र जिम्मेवारी पुरा गर्ने हो भने नेपाललाई अमेरिकी भूतले तर्साउन छोड्ने छ।आफूसंग भएको सीप र क्षमताको प्रयोग अब गाउँ गाउँमा, शहर बजारमा गर्न अमेरिकालाई सन्दर्भ सामग्रीको रुपमा प्रयोग गर्न सकिन्छ। त्यहाँको बिकास र पद्धतिको अनुसरण गर्दै आफ्नै मौलिकता र आवश्यकताको अध्ययन गर्न सक्षम हजारौं लाखौं युवा युवती आज अमेरिकामा भौतारिरहेको अवस्थाबाट मुक्त गराई मुलुकमा नै उनीहरुलाई स्थापित गराउन राज्य केन्द्रित हुन जरुरी छ।

खासगरी बिग्रेको नैतिकहीन र बिवेकहीन मौजुदा राजनीतिलाई बिस्थापित गर्नैपर्ने भएको छ जसका लागि पढेका जानेका बिज्ञता हासिल गरेका नैतिकवान युवाहरु अब राजनीतिमा आउनै पर्छ।

युरोप अमेरिकामा प्रायः सबै नियमले चल्छ, प्रणालीद्वारा गरिन्छ। नेपालमा नियम छ, नियमन छैन, कानून छ, कार्यन्वयन छैन। मुख्य समस्या नै यही हो। यही समस्यामा केन्द्रित भएर त्यहाँ पढेको, सिकेको र कमाएको ज्ञान, सीप र पैसाको प्रयोग गरि जे जति काम गर्न सकिन्छ आफ्नो मुलुक र भविष्यको लागि गर्ने बेला भईसकेको छ। “ कर्म गर फलको आशा नगर “ भनेर गीतामा भने जस्तो होइन अमेरिकामा रहेका नेपालीहरुले नेपालका लागि कर्म गर्ने हो भने फल मात्रै होइन ठूलो प्रतिफल प्राप्त हुनेछ। तत्काल फिर्ता नहोला तर मुलुक र आफ्ना सन्ततिको भविष्य पक्कै सुखद बन्नेछ। खासगरी बिग्रेको नैतिकहीन र बिवेकहीन मौजुदा राजनीतिलाई बिस्थापित गर्नैपर्ने भएको छ जसका लागि पढेका जानेका बिज्ञता हासिल गरेका नैतिकवान युवाहरु अब राजनीतिमा आउनै पर्छ। अमेरिकाका विभिन्न राज्य तथा शहरहरुमा मेयर बन्ने, त्यहाँको राजनीतिमा सक्रिय हुन खोज्ने, कृत्रिम भौतिक सुख सुबिधाहरु त्यागेर आफ्नै मुलुकमा त्यो भन्दा उच्चस्तरको समृद्धि हासिल गर्नका लागि राज्य प्रशासन संचालन गर्न अग्रसर हुनुैपर्छ।

 

“नेपाल फर्काै महाअभियान“ चलिरहेको छ तर प्रभावकारी हुन सकेको छैन। उल्लेख्य संख्यामा नेपाल फर्कनेको ताँती देखिनुपर्ने अवस्थामा मुलुक चैं पुगेको छ। तर फर्कनेमा औँलामा गन्न सकिने मात्र छन्। उद्येश्य अति असल छ तर रफ्तार पुगेको छैन।

पढाइ सकेका, बिज्ञता हासिल गरिसकेका, ठूला ठूला बहुराष्ट्रिय कम्पनीमा उच्च पदमा काम गर्नेहरु, अमेरिका युरोपमा ब्यापार ब्यवसाय गर्दै आएकाहरुलाई नेपाल फर्कदा सायद खान लाउनको कुनै समस्या नहोला। सामान्य ढंगले जीवन चलाउनेलाई त त्यत्रो ठूलो समस्या पर्दैन। देखासिकी, तडकभडकयुक्त जीवनशैली र आचरण, अनावश्यक ढर्रा र भड्किलो सामाजिक ब्यवहारले मान्छेको जीवनयापन महंगो र अभाव ग्रस्त बन्दै गएको छ। सादा जीवन उच्च बिचार भने झैँ जीवनशैली परिवर्तन नगरीकन गन्तव्य भेट्न कठिन हुन्छ। त्यसैले नेपालमा बिद्यमान बेथिति, चरम गरीबी, कमजोर शुसासन, फितलो कानुन कार्यान्वयन, भ्रष्ट राजनीति र राज्य प्रशासनलाई चिर्दै अघि बढ्न चैं समस्या देखिन्छ।

पैसा त खाडीमा काम गर्नेहरुले पनि पठाएका छन, उनीहरुको ग्रीन कार्ड र पिआर बन्दैन, तिनीहरु फर्कने पक्का नै छ।खाडीमा भएका नेपाली भन्दा युरोप अमेरिकामा रहेका नेपालीहरु पढेका, बुझेका, जानेका हुनसक्छन् तसर्थ रेमिट्यान्स खाडी मुलुकबाट आउँदै गर्छ देश बनाउन चैं अमेरिकाबाट, युरोपबाट फर्कनै पर्छ।

म्यासेन्जर, भाईबर, स्काईप, इमोहरुबाट कतिन्जेल धानिन्छ नेपालसंगको सम्बन्धहरु? देखावटी र बनावटी यस्ता सम्बन्धहरुबाट पारिवारिक बिछोडको पीडाहरुमा केही मल्हम त लगाउला तर बिग्रदै गरेको मुलुकको प्रायः सबै क्षेत्रमा सुधारको कुनै बीजारोपण हुन सक्दैन। गाउँ, समाज र राष्ट्र अनि सन्ततिको भबिष्यका निम्ति पनि केही न केहि योगदान गर्नेपर्ने बेला भएको छ। सकिन्छ असल र नैतिकवान भएर देशको मूलनीति राजनीतिमा सक्षम र बिज्ञहरु आउनु पर्छ, राजनीतिमा नआए पनि बिग्रदै गरेका अन्य क्षेत्रमा सुधारका काम गर्न सकिन्छ। पढेलेखेकाहरुले बिकट दुर्गम क्षेत्रमा गएर पढाउन सकिन्छ, डाक्टरहरुले स्वास्थ्यको क्षेत्रमा काम गर्न सकिन्छ। हरेकले आफ्नो बिज्ञता र सीप नेपाल मै खर्च गर्ने हो भने हरेक ठाउँमा सुधार हुनगई समुन्नत राष्ट्र निर्माणमा सघाउ पुग्नेछ। खासगरी राजनीति र राज्य प्रशासनको क्षेत्रमा अबको असल, ईमान्दार र नैतिकवान युवाहरूको प्रवेश र हस्तक्षेप जरुरी छ जसले गर्दा बर्तमानमा सक्रिय र राज्यसत्तामा रहेकाहरुले विश्राम लिई मन र मार्ग फराकिलो पार्न बाध्य हुनेछन् । रेमिट्यान्सबाट सहयोग गरेका छौ नि भन्ने तर्क गर्नेहरुले अब पनि यही रटान लाउने हो भने रेमिट्यान्सले मात्रै पनि देश बन्दो रहेनछ भन्ने वास्तविकता बुझ्न जरुरी छ।

पैसा त खाडीमा काम गर्नेहरुले पनि पठाएका छन, उनीहरुको ग्रीन कार्ड र पिआर बन्दैन, तिनीहरु फर्कने पक्का नै छ।खाडीमा भएका नेपाली भन्दा युरोप अमेरिकामा रहेका नेपालीहरु पढेका, बुझेका, जानेका हुनसक्छन् तसर्थ रेमिट्यान्स खाडी मुलुकबाट आउँदै गर्छ देश बनाउन चैं अमेरिकाबाट, युरोपबाट फर्कनै पर्छ। नेपाल फर्काै महाअभियानलाई अब ‘नेपाल फर्काै, देश बनाऔँ’ नारा दिएर साकार पार्नुपर्छ।
हाल : कतार

Maruti Cement