प्रधानमन्त्रीलाई सांसद रंगमतीको आग्रहः आउनुस् मेरो स्कुटीमा बस्नुस्, बनस्थली जाऔं

Prabhu Bank

काठमाडौं

Saftey Pads

प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसकी सांसद रंगमती शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्कुटरमा यात्रा गर्न आव्हान गरेकी छिन् ।

काठमाडौंमा मास्क लगाएर हिँड्नु नपर्ने प्रधानमन्त्रीको अभिव्यक्तिका कारण सांसद शाहीले यस्तो आग्रह गरेकी हुन् ।

बिहीबार संसद्को विकास तथा प्रविधि समितिको बैठकमा शाहीले भनिन्, ‘आउनुस् मेरो स्कुटीको पछाडि बस्नुस् । बनस्थलीसम्म जाऊँ । मास्क लगाउन पर्छ कि पर्दैन बुझौँ ।’

राजधानी काठमाडौंमा मास्क लगाएर हिँड्नु नपर्ने प्रधानमन्त्री ओलीको अभिव्यक्तिले अहिले सामाजिक जन्जाल तताइरहेको छ ।

अन्य सम्बन्धित समाचार:  अविश्वास प्रस्तावको डरले मुख्यमन्त्री शाहीद्वारा अधिवेशन अन्त्यको सिफारिस
Maruti Cement