गाउँपालिका अध्यक्षको धम्कीः ‘दोस्रो द्वारिकलाल बनौँ?’

Prabhu Bank

काठमाडौं

Saftey Pads

समाचार लेखेको विषयलाई लिएर मोलुङ गाउँपालिकाका अध्यक्ष मणिराज राईले पत्रकारहरूलाई कडा चेतावनी दिएका छन् ।

समाचार सम्प्रेषणको विषयलाई लिएर अध्यक्ष राईले आफू दोस्रो द्वारिकलाल बन्ने चेतावनी दिएका हुन् ।

गत १० जेष्ठमा ३० दिने सूचना प्रकाशित गरी गाउँपालिका कार्यालयले घलेगाउँ, हर्कपुर, प्राप्चा, देवीटार हुँदै देउराली गाउँपालिकाको कार्यालय राँगादीप वडा कार्यालयसम्म र विल्दु ठाडे सडक योजनाअन्तर्गत घलेगाउँ, घट्टेकुलो, ओपी गैरी,मगरगाउँ सडक खण्डको ट्रयाक निर्माण तथा स्तरोन्नतिको आह्‍वान गरेको थियो ।

सो ठेक्काको विषयमा १९ दिन बाँकी हुँदा सवा करोडको ठेक्का कसरी सम्पन्न हुन्छ, भन्ने समाचार सञ्चारमाध्यमले सम्प्रेषण गरेका थिए । यही समाचारलाई लिएर अध्यक्ष राईले यस्तो चेतावनी दिएका हुन् ।

बजेटको ठेक्काको विषयमा समाचार सञ्चार माध्यममा आएपछि आक्रोशित भएका राईले पत्रकारहरूलाई दोस्रो द्वारिकलाल बन्ने चेतावनी दिएका हुन् ।

समाचार सङ्कलनका लागि मोलुङ गाउँपालिकास्थित बरुणेश्वरको रामपुर पुगेका जिल्लाका पत्रकारहरूलाई अध्यक्ष राईले दोस्रो द्वारिकलाल चेतावनी दिएका हुन् ।

सञ्‍चार माध्ययमले अनियमततामाथि खबरदारी गर्न पाउने कि नपाउने? भन्‍ने पत्रकारहरूको प्रश्नमा अध्यक्ष राईले भने, “जिल्लाका सबै पत्रकारलाई समाचार कसरी लेख्नुपर्छ भनेर म सिकाउँछुु ।” ‘गाउँपालिकाको गतिविधिबारे नचाहिने समाचार सम्प्रेषण गर्नेलाई कसरी ठेगान लगाउनुपर्छ, मलाई राम्ररी थाहा छ ।’

यसअघि इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले पत्रकार विराट अनुपमलाई नाकको डाँडी भाँच्न एक करोड छुट्याएको भन्दै थर्काएका थिए ।

यद्यपि यो विषय अहिले समाधान भइसकेको छ ।

अन्य सम्बन्धित समाचार:  क्लिन फीड पूर्णरुपमा लागू भएपछि ग्राहकले तिर्नुपर्ने शुल्क बढ्ने
Maruti Cement