क्लब चेल्सीको नयाँ प्रशिक्षकमा लाम्पर्ड

Prabhu Bank

काठमाडौं

Saftey Pads

क्लब चेल्सीका पूर्व खेलाडी फ्रान्क लाम्पर्डलाई चेल्सीले नयाँ प्रशिक्षकको रुपमा नियुक्त गरेको छ ।

लाम्पर्डलाई चेल्सीले तीन वर्षको सम्झौतामा नियुक्त गरेको हो । चेल्सीका पूर्व प्रशिक्षक माउरिसियो सार्रीले क्लब छाडेपछि लाम्पर्डलाई प्रशिक्षकको रुपमा राखेको हो ।

लाम्पर्ड यो भन्दा पहिले डर्बी कट्रिमा प्रशिक्षक थिए । ४१ वर्षीय बेलायती खेलाडी लाम्पर्डले १३ वर्ष चेल्सीमा बिताएका थिए ।

उनले क्लबमा रहेर च्याम्पियन लिग र युरोपा लिग जितेका छन् । यसैगरी उनले ३ वटा प्रिमियर लिग टाइटल, ४ एफए कप र २ लिग कप जिताएका छन् ।

अन्य सम्बन्धित समाचार:  आईपीएल: आज पञ्जाब र राजस्थान भिड्दै
Maruti Cement