नेकपा प्रवेश गरेका मनाङ्गेलाई नेकपाकै कटाक्षः ‘पार्टीमा पहिल्यै मनाङ्गे छन्/थिए’

Prabhu Bank

काठमाडौं

Saftey Pads

विवादित सांसद राजीव गुरुङ (दीपक मनाङ्गे) नेकपामा भित्र्याएको प्रति नेकपाकै नेताहरूले आपत्ति जनाएका छन् ।

नेकपाका स्थायी समिति सदस्य तथा सांसद योगेश भट्टराईले कस्ता व्यक्तिलाई पार्टीमा प्रवेश गराउँदा ठिक हुन्छ भन्नेबारे नेतृत्वले मनन गर्नुपर्ने बताएका छन् ।

सांसद भट्टराईले आफ्नो आधिकारिक ट्विटरबाट ट्वीट गर्दै भनेका छन्, ‘राजनीतिक पार्टीलाई मान्छे त चाहिन्छ नै तर कस्ता मान्छे? कस्ता कस्ता ल्यायौ ! कस्ता कस्ता ल्याउँदै छौ? परिणाम के भइरहेको छ? राम्ररी बिचार गरौँ है !’

त्यस्तै नेकपाकै केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले पहिल्यै पार्टीभित्र मनाङ्गे रहेका बताएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘अनगिन्ती मनाङ्गेहरु पार्टीभित्र पहिल्यै थिए/छन् । एउटा थपिएको मात्रै हो । जाबो एउटा मनाङ्गे थपिँदा के को कोकोहोलो को कुन्नी?

मनाङ्गेलाई बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरास्थित नेकपाको गण्डकी प्रदेश कार्यालयमा आयोजित कार्यक्रममा टीका लगाएर नेकपामा प्रवेश गराएका थिए ।

सम्बन्धित समाचारः

अन्य सम्बन्धित समाचार:  कोरोना अपडेट: आज संक्रमितभन्दा पाँच गुना धेरै डिस्चार्ज

सांसद दीपक मनाङ्गे नेकपामा प्रवेश

Maruti Cement