अमेरिकामा दुई दशकयताकै शक्तिशाली भूकम्प

Prabhu Bank

काठमाडौं

Saftey Pads

अमेरिकामा दुई दशक यताकै शक्तिशाली भूकम्प गएको छ ।

अमेरिकाको क्यालिफोर्नियामा ६.४ म्याग्नेच्युडको भूकम्प गएको हो । क्यालिफोर्नियाको दक्षिणी क्षेत्रमा केन्द्रबिन्दु भएर गएको भूकम्पले भवनहरूमा क्षति पुगेको र केही ठाउँमा आगलागीसमेत भएको अमेरिकी जियोलोजिकल सर्वेले जनाएको छ ।

पछिल्लो दुई दशक यताकै शक्तिशाली भूकम्प रहेको बीबीसीले उल्लेख गरेको छ । उद्धार तथा राहतको काम जारी रहेको अग्निनियन्त्रकले बताएका छन् ।

केन्द्रबिन्दु रहेको सहरमा ठूलो क्षति भएको स्थानीय बासिन्दाले बताएको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् । केही मानिस घाइते भएका छन् ।

तर क्षतिको पूर्ण विवरण आउन बाँकी छ ।

 

अन्य सम्बन्धित समाचार:  वामपन्थको बाह्रखरी: ओ ओली बा, कमरेड क, चरी चुच्चे च राष्ट्रवादी र…
Maruti Cement