त्रिशूली नदीमा ट्रक खस्यो, २ जनाको मृत्यु, १ घाइते

Prabhu Bank

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ चुम्लिङटार नजिकै ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

Saftey Pads

मुग्लिनबाट काठमाडौँ आउँदै गरेको ना ७ ख ६७६५ नम्बरको इँटा बोकेको ट्रक त्रिशूली नदीमा खसेर कृष्ण यादव र रविकान्त यादवको मृत्यु भएको हो ।

रविकान्त सोही ट्रकका धनी र बालकृष्ण चालक भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका एक जनालाई उद्धारपछि उनलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको छ । ट्रक सडकबाट त्रिशूली नदीमा कसरी खस्यो भन्ने खुल्न सकेको छैन ।

अन्य सम्बन्धित समाचार:  गण्डकी प्रदेशमा कोरोनाबाट थप चारजनाको मृत्यु: २५२ संक्रमित थपिए
Maruti Cement