महिला शक्ति महासङ्घले गर्यो मनु हुमागाईँलाई अनुशासनको कारबाही

Prabhu Bank

काठमाडौं । तत्कालीन नयाँ शक्ति पार्टीको महिला सङ्गठन महिला शक्ति महासङ्घले मनु हुमागाईँलाई अनुशासनको कारबाही गरेको छ।

Saftey Pads

सङ्गठनलाई नोक्सान पुर्याउने गतिविधि गरेकोले उनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो ।

महिला शक्ति महासङ्घको सचिवालयको शुक्रबारको बैठकले हुमागाईँलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको हो ।

बैठकले भगवती सुवेदीलाई महासङ्घको संयोजकमा सर्वसम्मत चयन गरेको छ। बैठक महिला शक्ति महासङ्घकी इन्चार्ज हिसिला यमीको उपस्थितिमा काठमाडौंमा बसेको हो।

अन्य सम्बन्धित समाचार:  बैतडीः गाउँपालिकाका अध्यक्षमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ
Maruti Cement