तेक्वान्दो टोलीलाई बिदाइ

Prabhu Bank

काठमाडौं । नेपाल तेक्वान्दो संघले नेपाली तेक्वान्दो टोलीलाई बिदाई गरेको छ । मित्र राष्ट्र इटालीको नेपोलीमा आयोजना हुने ३०औं समर युनिभर्सियाड २०१९ मा सहभागी हुन जाने ६ सदस्यीय नेपाली तेक्वान्दो टोलीलाई बिहीबार एक कार्यक्रमबीच बिदाई गरिएको हो ।

Saftey Pads

तेक्वान्दोले युनिभर्सियाडमा गेरुगी र पुम्सेमा प्रतिस्पर्धा गर्नेछ । नेपाली तेक्वान्दो टोलीको नेतृत्व ओलम्पियन तथा साग गेमका किर्तिमानधारी दीपक विष्टले गर्नेछन् । विष्टले प्रशिक्षकको भूमिका पनि निर्वाह गर्नेछन् । खेलाडीमा सक्षम कार्कीले ८० केजीमुनि, उमेश राज भण्डारीले ६२ केजीमुनि, नम्रता तुलाधारले ६२ केजीमुनि, अश्मिता खड्काले ४९ केजीमुनि र पार्वती गुरुङले एकल पुम्सेमा प्रतिस्पर्धा गर्नेछन् ।

जुलाई ३ देखि १४ तारिखसम्म आयोजना हुने युनिभर्सियाडमा नेपालले तेक्वान्दो र फेन्सिङमा सहभागिता जनाउने छ । ३०औं संस्करणसम्म आइपुग्दा नेपालले भने पाँचौपटक सहभागिता जनाउँदै छ । संघका उपाध्यक्ष एवं सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जनले अन्तर्रा्ष्ट्रिय खेल क्षेत्रमा नेपालको नाम उच्च राख्न सफल तेक्वान्दोलाई यस युनिभर्सियाड गेममा पनि सफल बनाई राष्ट्रका शिर अझ उच्च बनाउन सफलताको शुभकामना व्यक्त गर्दै पदक हासिल गरेमा आफ्नो र सुमेरु ग्रुपको तर्फबाट अझ बढी सम्मान गर्ने बताए ।

अन्य सम्बन्धित समाचार:  दिल्लीमा अमित मिश्राको ठाउँमा प्रविण दुबे

ओलम्पिककै झझल्को दिने ३०औं समर युनिभर्सियाडमा विश्वका नाम चलेका र ओलम्पिकमा पदक हात पार्ने १७७ राष्ट्रका ८ हजारभन्दा बढी खेलाडीले विभिन्न खेलमा प्रतिस्पर्धा गर्नेछन् । नेपालले यसअघि ताइवानमा भएको २९औं संस्करणमा ब्याडमिन्टन, भारोत्तोलन, फेन्सिङ, टेनिस, टेवल टेनिस, एथलेटिक्स र तेक्वान्दोमा सहभागिता जनाएको थियो ।

Maruti Cement