हल्लाका भरमा निर्देशन दिनु गलत होः बाँस्कोटा

Prabhu Bank

काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनामन्त्री गोकुलप्रसाद बाँस्कोटाले संसदीय समितिका निर्देशनप्रति असन्तुष्टि जनाएका छन्। विषयवस्तुको गहिराइमा नपुगी हल्लाका भरमा निर्णय हुनु गलत भएको उनले बताएका हुन् ।

Saftey Pads

नेपालमा गर्ने भनिएको आईफा अवार्ड नगर्न संसद्को अन्तर्रा्ष्ट्रिय सम्बन्ध समितिले सरकारलाई मंगलबार निर्देशन दिएको थिया े। निर्देशनप्रति लक्ष्य गर्दै उनले भ्रम सिर्जना गर्ने गरी समितिहरूले निर्णय गर्न नहुने बताएका हुन् ।

उनले संसदीय समितिका कतिपय निर्णयले नागरिकमाझ भ्रम सिर्जना गरेको भन्दै भावनाका आधारमा निर्देशन नदिन आग्रह गरे।

आईफा अवार्ड नेपालमा गर्ने र सरकारले सबै खर्च बेहोर्ने भन्दै सरकारको आलोचना भएको थियो। तर मन्त्री बाँस्कोटाले भने अवार्ड नेपालमा गर्ने सैद्धान्तिक सहमति दिए पनि खर्चबारे कुनै निर्णय नभएको दाबी गरे।

अन्य सम्बन्धित समाचार:  महानवमीमा तलेजु भवानी नखुल्ने
Maruti Cement