भात पाक्न ढिलो भयो भन्दैमा अखाद्य वस्तु खानेलाई स्वास्थ्य लाभको कामनाः भट्टराई

Prabhu Bank

काठमाडौं । समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपामा प्रवेश गर्न लागेका नेतालाई भविष्यमा पश्चताप हुने टिप्पणी गरेका छन् ।

Saftey Pads

शुक्रवार सामाजिक सञ्जाल ट्विटरमा सन्देश लेख्दै  भट्टराईले नयाँ शक्तिका पूर्व नेताहरू आफ्नो पार्टीबाट नेकपामा प्रवेश गर्न लागेकोमा यस्तो प्रतिक्रिया दिएका हुन् ।

भट्टराईले नेतालाई खाना पाक्न ढिला भयो भन्दैमा अखाद्य पदार्थ खान खोज्नेलाई स्वास्थ्य लाभको कामना व्यक्त गरेका छन् ।

‘राजनीतिमा नैतिकता र इमान्दारिताको ठूलो महत्त्व हुन्छ, ‘जता काफल पाक्यो उतै चरी नाच्यो’ प्रवृत्तिले तत्काल केही लाभ त होला तर अन्ततः पश्चाताप शिवाय केही प्राप्त हुन्न,’ भट्टराईले लेखेका छन्, ‘भात पाक्न केही ढिलो भयो भन्दैमा अखाद्य वस्तु खानेलाई स्वस्थ्यलाभको कामना बाहेक अरू के गर्न सकिन्छ र ?’

अन्य सम्बन्धित समाचार:  कर्णालीका मुख्यमन्त्री शाहीविरुद्धको अविश्वास प्रस्ताव अस्वीकृत
Maruti Cement