धादिङका वडा सदस्य माथि गोली प्रहार, अवस्था गम्भीर

Prabhu Bank

काठमाण्डौ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–८ का वडा सदस्य रामजी चेपाङमाथि बुधबार बेलुका गोली प्रहार हुँदा गम्भिर घाइते भएका छन् ।

Saftey Pads

गोली प्रहारबाट चेपाङको टाउकोमा गम्भीर चोट लागेको छ । चेपाङलाई काठमाण्डौँस्थित नर्भिक अस्पतालमा आईसीयूमा राखेर उपचार भइरहेको र चेपाङको अवस्था गम्भीर रहेको गाउँपालिकाका अध्यक्ष हरि डल्लाकोटीले बताए ।

राप्ती नगरपालिका–१३, कान्दा चितवन स्थायी घर भएका इन्द्रबहादुर चेपाङले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक (डिएसपी) रुपक खड्काले बताए ।

विभिन्न आपराधिक क्रियाकलापमा संलग्न चेपाङलाई खोजी कार्य भैरहेको डिएसपी रुपक खड्काले बताए ।

अन्य सम्बन्धित समाचार:  मनसुन बाहिरिएसँगै चिसो बढ्ने क्रम सुरु
Maruti Cement