गाइजात्राको छेकोमा कमेडी च्याम्पिएन सुरु हुँने

Prabhu Bank

काठमाण्डौ । नेपालमा अहिले रियालिटी शोको माग बढ्दो छ । हरेक टेलिभिजनले कुनै न कुनै नाममा रियालिटी शो प्रशारण गरिरहेका छन् । अब, नेपालमा कमेडी शो सुरु हुने भएको छ । गाइजात्राको छेको पारेर कान्तिपुर टेलिभिजनबाट प्रशारण हुन लागेको शोको नाम ‘कमेडी च्याम्पिएन’ राखिएको छ ।

Saftey Pads

थ्री प्रोडक्शनले निर्माण गर्न लागेको यो रियालिटी शोको निर्देशक बिशाल भण्डारी हुन् । उनले अब, अडिसनको तयारीमा लागेको सुनाए । यो शोमा हाँस्य कलाकार सन्तोष पन्त, मनोज गजुरेल, नायिका ऋचा शर्मा र निर्देशक प्रदिप भट्टराई निर्णायकको रुपमा रहनेछन् ।

निर्देशक भण्डारीले भने–‘यो कुनै विदेशी रियालिटी शोको फ्रेन्चाइज होइन । यसमा सहभागी हुनका लागि कमेडी च्याम्पिएनको एप्स डाउनलोड गरेर नेपालबाट सहभागी हुनेले सम्पादन नगरिएको ३ मिनेटको भिडियो र विदेशबाट सहभागी हुन चाहनेले ५ मिनेटको भिडियो आयोजक पक्षलाई पठाउनुपर्नेछ ।

अन्य सम्बन्धित समाचार:  कलाकार हरिवंश आचार्य दम्पतीले जिते कोरोना

यीनै भिडियोलाई हेरेर निर्णायकले चयन गरेको आधारमा उत्कृष्ट भएकाहरुले विभिन्न शहरमा हुने कमेडी च्याम्पिएनसिपको अडिसनमा सहभागीता जनाउन पाउनेछन् ।’ अडिसनबाट चयन भएकाहरुमध्ये उत्कृष्ट २५ बाट १५ हुँदै उत्कृष्ट ३ लाई फाइनलमा उतारिने आयोजकले बताएको छ ।

विजेताले २५ लाख नगद र कार प्राप्त गर्ने आयोजकले बताएको छ । यो शोलाई नायिका रीमा विश्वकर्माले होस्ट गर्नेछिन् । सान थापाले लेख्ने स्क्रिप्टको निर्माताको रुपमा केकी अधिकारी, राज घिमिरे र सृजा थपलिया छन् । नायिका तथा निर्मात्री केकी अधिकारीले कसैलाई पनि मानहानी नगर्ने गरि शो तयार गरिने बताइन् । निर्णायक सन्तोष पन्तले आफूहरुको पालामा भन्दा अहिले कमेडी सेन्स भएका दर्शक र कलाकार बढेको सुनाए ।

अन्य सम्बन्धित समाचार:  कलाकार हरिवंश आचार्य दम्पतीले जिते कोरोना
Maruti Cement