नेतृत्वको दाबी गर्दिनः रामचन्द्र पौडेल

Prabhu Bank

काठमाण्डौ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई एकजुट बनाउन सक्ने नेतृत्व खोज्नुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन चितवनले यहाँ शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले त्यस्तो सहमति भएमा आफूले नेतृत्वको दाबी नगर्ने बताएका हुन् ।

Saftey Pads

पार्टी्भित्र सुधार र परिवर्तन आवश्यक रहेको बताउँदै उनले समयमा नै महाधिवेशन गर्नु पर्नेमा जोड दिए । पार्टीमा सुधार र परिवर्तनको आवश्यकता रहेको भन्दै पौडेलले त्यसका पक्षधरसँग छलफल भइरहेको जानकारी दिए ।

पार्टीले प्रतिपक्षको सशक्त भूमिका निर्वाह गर्नुपर्ने भन्दै उनले यस विषयमा पार्टी्भित्र छलफल भइरहेको बताए । काङ्ग्रेसलाई बलियो बनाउन तलैबाट सङ्गठन मजबुत बनाएर लैजानुपर्ने पौडेलको भनाइ थियो ।

अन्य सम्बन्धित समाचार:  परिस्थिति हेरेर चाडपर्व मनाउन स्वास्थ्यमन्त्रीको आग्रह

सरकारप्रति आक्रोश पोख्दै पौडेलले अहिलेको नेतृत्वको जनताले विकल्प खोजेको बताए । सरकारले आफ्ना पक्षधरलाई मात्र पक्षपोषण गरेर विपक्षीलाई बेवास्था गरेको आरोप लगाए ।

Maruti Cement