पूर्व मन्त्रीसहित समाजवादी पार्टीका नेता नेकपामा प्रवेश, को–को छन् हेर्नुस

Prabhu Bank

काठमाण्डौ । तत्कालीन नयाँ शक्तिका केही शीर्ष नेताहरु सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।

Saftey Pads

संघीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टीबीच भएको एकता सम्मानजनक नभएको भन्दै पूर्वमन्त्री कल्पना धमलासहित, तत्कालिन नयाँ शक्तिका सचिवालय सदस्य देवेन्द्र पराजुली, केन्द्रीय महिला संगठनकी संयोजक मनु हुमागाईँ लगायत ठमेलका केही व्यवसायी र गोरखाका नेता तथा कार्यकर्ता नेकपामा प्रवेश गरेका हुन् ।

धुम्बराहीस्थित नेकपा पार्टी कार्यालयमा औपचारिक कार्यक्रमबीच नेताहरुलाई पार्टी प्रवेश गराइएको हो । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा उनीहरु पार्टी प्रवेश गरेका थिए ।

अन्य सम्बन्धित समाचार:  नेकपा केन्द्रीय कमिटी बैठक स्थगित
Maruti Cement